गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

असार २४, धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन्।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो। तर, उनी सरकारी गाडी चढ्दैनन्। गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ। उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदिएको छ। जय धरान।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.