असार २३, काठमाडौं । बाजुरामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवाद भएपछि आज हुन लागेको बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको हो ।
तनावपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । केही समय विवाद भए पनि अहिले मतदान सुरु भएको छ ।

