आजको मौसम: केही स्थानमा भारी बर्षा, सतर्क रहन आग्रह

असार २३, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान तीनवटा प्रदेशमा पानी परिरहेको छ  । प्रदेश–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकोछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.