अर्थमन्त्री बहिर्गमनको पक्षमा प्रधानमन्त्री देउवा

असार २२, काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामाको लागि चौतर्फी दबाव बढिरहेका बेला मंगलबार सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

अर्थमन्त्रीले राजीनामा नदिए बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि दबाव बढिरहेका बेला प्रधानमन्त्री देउवाले प्रचण्डसँग छलफल गरेका हुन्। स्रोतका अनुसार देउवा र प्रचण्डबीच दुई विकल्पमाथि छलफल भएको थियो।

बाहिर सार्वजनिक भएको विषयलाई संसदीय परम्परा अनुसार छानवीन गर्ने र त्यसको प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्ने पहिलो विकल्पमा छलफल भएको थियो। त्यसबाहेक आन्तरिक रुपमा छानवीन गरेर प्रधानमन्त्रीले निर्णय गर्ने दोस्रो विकल्पमा छलफल भएको थियो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.