उपत्यकामा एकै दिनमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ सयलाई कारबाही

असार २२, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ सय बढीलाई एकैदिन प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार २ हजार ३८१ जना चालकहरूलाई कारबाही गरेको हो । जसमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लङ्घन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना थिए ।

यस्तै अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारवाही गरेको छ । ट्राफिक प्रहरीका कार्यालयका अनुसार रेड लाइट, लेन र मदिरा सेवनको कारवाहीमा ३४४ जना चालकलाई ट्राफिक प्रहरीले चेतना कक्षामा सहभागी गराइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.