मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई

असार २०, काठमाडौँ । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया–२०२२ को उपाधि जित्नुभएको छ । उहाँसँगै राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित हुनुभएको हो।

प्रतियोगीताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताउनुभयो । मुम्बईमा जन्मेका २१ वर्षीय शेट्टीले लेखा र वित्तमा स्नातक गर्नुभएको छ । उहाँ एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुनुहुन्छ । मनिष पौलले होस्ट गर्नुभएको फिनालेमा बलिउड कलाकार समेत सहभागी थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.