तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ

असार १८, काठामाडौँ । खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ। त्यसैले खुट्टा निदाउनुको कारण थाहा पाउन अत्यावश्यक छ। यसो गर्दा कुनै गम्भीर रोगको खतराबारे पहिले नै जानकारी लिन सकिन्छ।

खुट्टा निदाउनुका कारणः

यदि कसैलाई लामो समयसम्म खुट्टा निदाउने र झम्झमाउने  हुन्छ भने यस्तो केन्द्रीय स्नायु प्रणालीलाई प्रभावित गर्ने स्थिति मल्टिपल स्केलेरोसिस (एमएस), मधुमेह, धमनी रोग वा फाइब्रोमायल्गियाजस्ता स्थितिको कारण पनि भइरहेको हुनसक्छ। तर यसका लागि डाक्टरसँग सम्पर्क गर्नुपर्छ।

यसबाहेक खुट्टा निदाउनुका केही साधारण कारण पनि छन्

१. पोश्चर (शारीरिक अवस्था)

यदि कोही लामो समयसम्म गलत पोश्चरमा बस्छन् भने उनीहरुको लोअर बढी निदाउन सक्छ। कतिलाई त यो समस्यका कारण निद्रा पनि लाग्दैन जसलाई मेडिकलको भाषामा प्यारेस्थेसिया भनिन्छ। केही साधारण बानीका कारण खुट्टा निदाउने गर्छन्, ती हुन्ः

– धेरै बेरसम्म पलेटी कसेर बस्दा

– लामो समयसम्म बसिरहँदा

– खुट्टामा दबाब पर्ने गरी बसिरहँदा

– कस्सिएको जुत्ता, पाइन्ट र मोजा लगाउँदा

– चोट

२. मधुमेह

मधुमेह भएका मानिसहरुमा एक खालको ‘नर्भ ड्यामेज’ भएको हुनसक्छ जसलाई डायबिटिज न्युरोप्याथी भनिन्छ। डायबिटिज न्युरोप्याथीमा खुट्टा निदाउने, झम्झमाउने र दुख्नेलगायतका समस्या देखिन सक्छ।

३. तल्लो कम्मर दुख्ने समस्या 

पिठ्यूँको तल्लो हिस्सामा समस्याहरु जस्तै मेरुदण्डको हड्डी भाँच्चिदा नसा खुम्चिने गर्छ। यसका कारण पनि खुट्टा निदाउने गर्छ। यस्तै साइटिकामा साइटिक नसा हुन्छ जुन कुहिनोदेखि खुट्टाको पछाडि हुँदै कुर्कच्चासम्म जान्छ। यसमा दुखाईका कारण पनि खुट्टा निदाउने गर्छ।

४. टार्सल टनल सिन्ड्रोम

टार्सल टनल सिन्ड्रोम त्यतिबेला हुन्छ जब खुट्टाको पछाडिबाट घुँडाको भित्री भागसम्म जाने नसा खुम्चिने गर्छ। टार्सल टनेल घुँडाको भित्री भागमा साँधुरो क्षेत्र हो। यो समस्यामा पनि खुट्टा निदाउने र झम्झमाउने हुन्छ।

५. प्यारिफेरस आर्टरी डिजिज

प्यारिफेरल आर्टरी रोग खुट्टा, हात र पेटमा रक्त धमनी खुम्चिँदा हुने गर्छ। यसो हुँदा रगतको मात्रा कम हुने गर्छ र रक्त सञ्चार पनि कम हुन्छ। त्यसैले खुट्टा निदाउने गर्छ।

६. स्ट्रोक र मिनी स्ट्रोक

स्ट्रोक र मिनी स्ट्रोक ब्रेन ड्यामेजका कारण बन्न सक्छ। स्ट्रोक वा मिनी स्ट्रोक कहिलेकाँही शरीरका केही हिस्सामा अस्थायी वा लामो समयसम्म हुने झम्झमाहटको कारण बन्न सक्छ।

७. रक्सीको सेवन

रक्सीमा पाइने टक्सिनले खुट्टाको नसामा क्षती पुर्याउने एउटा कारण बन्ने गर्छ। लामो समयसम्म धेरै रक्सीको सेवन गर्दा नसा खराब हुनसक्छ जसका कारण खुट्टा निदाउने समस्या देखिन सक्छ।

उपचार

यदि खुट्टा छोटो समयका लागि मात्रै निदाउँछ भने त्यसका केही घरेलु उपचार पनि हुनसक्छन्। जस्तै, आराम गर्ने, बरफ लगाउने, तातो बनाउने, व्यायाम गर्ने, नुन पानीमा खुट्टा भिजाएर राख्ने, मसाज गर्ने आदि। तर यदि खुट्टा लामो समयसम्म बारम्बार निदाइरहन्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस्। एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.