सम्पदा संरक्षणका लागि युवा परिषदको पदयात्रा

असार १७, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सम्पदा संरक्षणमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद अन्तर्गत पर्यटन पथ प्रदर्शक युवा सञ्जालद्धारा शुक्रबार काठमाण्डौंमा आयोजित “सम्पदा पदयात्रा’ को समापन कार्यक्रममा बोल्दै मन्त्री अथकले देशको संस्कृती र सम्पदा जोगाउने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताउनुभएको हो । संस्कृती र प्रकृतीले सम्पन्न नेपाललाई विश्वमाझ चिनाउने प्रमुख माध्यमका रुपमा पर्यटन ब्यवसाय रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “हाम्रो देशको संस्कृती, सम्पदा र भाषा विश्वलाई बुझाउने जिम्मेवारी तपाईहरुको काँधमा रहेको छ, त्यो कार्यभार पुरा गर्नुहोस ।”

पर्यटन ब्यवसाय सम्मानित पेशाको रुपमा रहेको बताउँदै मन्त्री अथकले देश चिनाउने दायित्वलाई पथप्रदर्शक युवाहरुले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका रुपमा बहन गर्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सवै क्षेत्रका युवा समेट्ने योजना अनुसार पथप्रदर्शक युवा सञ्जाल गठन गरिएको बताउनुभयो । काठमाडौंको ठमेल स्थित सञ्चय कोष भवन अगाडिवाट शुरु भएको पदयात्रा पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँदै वसन्तपुरको दरवार स्क्वायर पुगेर समापन भएको थियो ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.