बागमति प्रदेशका मुख्यमन्त्रीविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन

असार १६, मकवानपुर । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेवीरुद्ध सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले सहजै मुख्यमन्त्री नछाड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् । चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने समझदारीमा नेकपा एकीकृत समाजवादी नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् । मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनपछि मात्र पछाडि हट्ने भएपछि हस्ताक्षर संकलन गरिएको एक सांसदले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.