मुलुकलाई विकासशील बनाउने सबैको दायित्व : प्रधानमन्त्री

असार १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समृद्ध मुलुक बनाउने दायित्य सबैको नेपालीको भएको बताएका बताएका छन् ।

बिहीबार ६४औं संसद दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार मुलुकलाई समृद्ध बनाउन अभियानमा रहेको बताउँदै यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थामार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४औँ दिवस मनाउन पाउनु खुसीको कुरा भएको प्रधानमन्त्री देउवाले बताए । जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.