असार १६, काठमाडौं । आज बिहीबार संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ ।
नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ ।सांसदमञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ ।
दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ । यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले दुईपटकको संसद् विघटन, कोरोना संकटलगायतका विभिन्न समस्याहरूका बीचबाट संसदले आफ्ना कार्य निरन्तर अघि बढाइरहेको बताउनुभएको छ ।
संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सापकोटाले आफ्ना सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने बताउनु भएको छ ।

