भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ

असार १५, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन न्यौपानले जानकारी दिए। भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको डिएसपी न्यौपानेले जानकारी दिए। उनीहरुले विभिन्न प्रलोभव देखाई आफ्नो क्लिनिकमा लैजाने गरेको उनको भनाई छ।

अस्पताल प्रशासनको अनुरोधमा अस्पताल हाताभित्र हुने गरेका अवान्छनिय कार्यप्रति प्रहरीले निगरानी राखेको थियो। शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अबदेखि यस्तो कार्य नगर्ने सर्तमा छोडिएको डिएसपी न्यौपानको भनाई छ। प्रहरीले निगरानी बढाएसँगै अस्पताल परिसरमै आएर बिरामी र उनका आफन्तलाई दबाब दिदैँ आफू अनुकूल मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउनेलाई पक्राउ गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.