नवनियुक्त भारतीय राजदूत काठमाडौंमा

असार १२, काठमाडौ । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।

शनिबार अपरान्ह भिस्तरा एयरको जहाजबाट कार्यभार सम्हाल्न काठमाडौं आएका हुन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई जेठ ३ गते राजदूत नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो । यसअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरिसकेका छन् । सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.