नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

भदौ ३, काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द थापा नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिष्द बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यसअघि प्रधानसेनापति राजेन्द्र क्षत्री विदामा बसेपछि थापाले नै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्न लागेको क्षत्री विदामा बसेका हुन् । सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने गरिन्छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.