पेट्रोलियम पदार्थको मूल्य घट्योः पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ

असार ११, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेलरमट्टीमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ भएको छ । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो । यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । सरकारले घटाएको मूल्य आजराति १२ बजेदेखि लागु हुनेछ । अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ भएको छ । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । सरकारले घटाएको मूल्य आजराति १२ बजेदेखि लागु हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.