मेलम्चीमा आएको बाढीले फट्टेको अस्थायी पुलमा क्षति

असार ११, काठमाडौं । शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताइएको छ । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.