प्रदेश र संघीय संसदको निर्वाचन १० मंसिरभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया

असार १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १० मंसिरभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्नेगरी तयारी भइरहेको बताएका छन् ।

शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उनले आयोगले निर्वाचनको तयारी बताउँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्नसमेत आग्रह गरे । उनले स्थानीय निर्वाचन ऐनले प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरिएपनि एक पदमा मात्र उम्मेद्वारी दिँदा महिला सहभागिता भनेजस्तो नभएको बताए ।

उनले भने, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।’ समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्मअनुसार हुने उनले दाबी गरे । निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै उनले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाए । उनले भने, ‘आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामीभित्रै छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.