कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ– अध्यक्ष नेपाल

असार १०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिने र विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ ।

पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आज (शुक्रबार) उहाँले यस्तो बताउनुभएको हो । कम्युनिष्ट पार्टी विदेशीको स्वार्थमा पनि नचल्ने उहाँको तर्क छ । कम्युनिष्टले देशको हित र रक्षाका लागि लड्ने उहाँको भनाइ छ । नीति बनाउदा परिस्थितिको सही विश्लेषण भए सही निर्णय हुने पनि उहाँले बताउनुभयो। पार्टी बलियो र सही नीतिमा अघि बढेमा सबै खाले चुनौतीको सामना गर्न सकिने उहाँले बताउनुभएको छ।

बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.