पशुपतिनाथ मन्दिरको बेञ्चमा बस्दा करेन्ट लागेर गयो ज्यान

भदौ ३, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरको बेञ्चमा बस्दा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।

पशुपति क्षेत्र विकास कोषको लापर्वाहीकै कारण उनको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । शनिबार राति ८ बजेको समयमा काम सकेर पशुपति क्षेत्रस्थित बेञ्च आराम गर्न बसेका काठमाडौं महागरनगरपालिका–७ का ४४ वर्षीय पुष्प गन्धर्वको करेन्ट लागेर ज्यान गएको हो ।

पशुपति क्षेत्रभित्र रहेको स्टिलको बेञ्चमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ । गाइडको काम गर्ने गन्धर्व काम सकेर आराम गर्न बसेको बेला करेन्ट लागेर मृत्यु भएको उनका छोरा राजेश गन्धर्वले बताएका छन् ।

कोषले जथाभावी करेन्ट जोडेर लापर्वाही गरी गन्धर्वको मृत्यु भएको भन्दै स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् । परिवार तथा आफन्तले कोषको लापर्वाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई कार्वाही र क्षतिपूर्तिको समेत माग गरेका छन् । पीडित पक्षले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरी समेत दर्ता गराएका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.