राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन गरिँदै

असार १०, काठमाडौं । प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीको आज पहिलो पत्रकार सम्मेलन गरिँदै छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको पार्टीको पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलन अपराह्न ४ बजे काठमाडौंस्थित रिपोर्टर्स क्लबमा हुने उक्त पार्टीका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको नामका विषयमा केही व्यक्तिले आपत्ति जनाएका छन् । पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी समेत परेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.