असार ९, जनकपुरधाम । रामायण यात्रा ‘भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर विहिबार दिउँसो १ः३० बजे जनकपुरधाम स्टेसनमा आईपुगेको छ ।
स्टेसनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार साह, काठमाडौंस्थित भारतीय राजदूतावास प्रसन्न श्रीवास्तव, भारतीय महावाणिज्य दूतावास, वीरगन्जका वाणिज्य महादूत नितेश कुमार र जानकी मन्दिरका प्रमुख पुगेका थिए । रेलमा आएका यात्रुलाई जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णव, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, विश्व हिन्दू परिषद्का कार्यकर्ता, भिक्षु तथा आम नागरिकले स्वागत गरेका थिए ।
होटलमा आराम गरेपछि सबै यात्रुले जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत मठ मन्दिरको दर्शन गरी साँझ गंगा आरतीमा सहभागी हुनेछन् । भारत गौरव टुरिष्ट ट्रेन शुक्रबार सीतामढीका लागि प्रस्थान गर्ने भएको छ । रेलमन्त्रीले रेललाई हरियो झण्डा देखाएर बिदा गरेका थिए ।

