असार ९, काठमाडौँ । बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका(३ की फुलमाया सुनारको शव भेटिएको हो।
नगरपालिकाकै वडानम्बर(८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत महिलाको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको छ भने घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ।

