लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने

असार ८, काठमाडौँ । गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएको छ।

गृह मन्त्रालयले सूचना जारी गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने जनाएको हो। पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत संस्थाको सिफारिस पेस गर्नु पर्नेछ।

मन्त्रालयले लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने बताएको छ। जसका लागि इच्छुक पत्रकारले आवेदन दिन सक्नेछन्। मन्त्रालयका अनुसार असार १० गतेभित्रमा आवेदन दिनुपर्नेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.