काभ्रे जिसस प्रमुखमा एकीकृत समाजवादीका गौतम विजयी

असार २, काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा एकीकृत समाजवादी बिजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादी काभ्रे जिल्ला सचिव दीपककुमार गौतम निर्वाचित भएका हुन्।

धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका थिए। सदस्यमा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ निर्वाचित भएका छन्।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुखरअध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा जितेका थिए। कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा जितेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.