सर्पको टोकाइबाट एक गर्भवतीको मृत्यु

जेठ ३१, अछाम। सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो ।

सोमबार राति सुतेको अवस्थामा सर्प घरभित्र पसेर करिब १० बजेतिर डसेपछि विहान अस्पताल ल्याउन तयारी गरिरहेकै बेलामा रामपुराको मृत्यु भएको हो । सर्पले डसेपछि सञ्चो बनाउने भन्दै परिवारले गाउँमै झारफुक गराएको बताइएको छ । झारफुकमा सञ्चो नभएपछि मंगलबार विहान अस्पताल लैजान तयार गर्दागर्दै ज्यान गएको हो । राति सर्पले टोक्यो, एम्बुलेन्स चाहियो भनेर मलाई विहान ८ बजे खबर आयो, म एम्बुलेन्सको लागि खबर गर्दै थिएँ, १५ मिनेटपछि त मृत्यु भइहाल्यो भनेर खबर आइहाल्यो ।’ वडा अध्यक्ष हेमबहादुर शाहीले भन्नुभयो ।

छ महिनाको गर्भवती रहेका रामपुराका एक छोरा, एक छोरी छन् । मृतकका श्रीमान् शारीरिक रुपमा अस्वस्थ रहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.