भदौ ३, काठमाडौं । फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयानुसार बिहान ६ बजेर २२ मिनेटमा ८.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
अमेरिकाको भूगर्भ सर्भे विभागका अनुसार यसको केन्द्र प्रशान्त महासागरमा जमिनबाट ५६० किलोमिटर तल थियो । यो स्थान तवेनी ज्वालामुखीबाट करिब २४४ किलोमिटर टाढा रहेको छ ।
भूकम्पपछि प्रशान्त सुनामी केन्द्रले सुनामी आशंकालार्इ इन्कार गरिदिएको छ । यस भूकम्पबाट अहिलेसम्म धनजनको क्षति भएको जानकारी प्राप्त भइसकेको छैन । एजेन्सी