बौद्धको गेस्ट हाउसमा युवतीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

जेठ ३१, काठमाडौं । काठमाडौंको बौद्धमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न आरोपमा चारजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति २४ वर्षीया युवतीमाथि उनीहरूले बलात्कार गरेका थिए ।

सोही घटनामा संलग्न आरोपमा पक्राउ पर्नेमा काठमाडौंका रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र । लुङ्ता गेस्ट हाउसका सञ्चालक झ्याम्पा ढिल्ले शेर्पा छन् । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.