लुम्बिनीकी राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले महिलामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन् ।

मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । अहिले मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए । उनी व्यक्तिगत कामका लागि लु‍‍. १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । मन्त्री वलीले के कारणले हातपात गरेकी हुन् त्यो भने खुल्न बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.