सगरमाथाको काखबाट विद्यार्थी परिषद्को यश बर्षको अभ्यास वर्ग प्रारम्भ

जेठ २८, सोलुखुम्बु । कृष्ण हुमागाई ,
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको यश बर्षको अभ्यास वर्ग(२०७९ सगरमाथामा अवस्थित सोलुखुम्बु जिल्लाबाट प्रारम्भ भएको छ।

विद्यार्थी परिषद्ले आफ्नो नगर कार्यसमितिहरूको पुनर्गठन गर्ने उदेश्यका साथ संचालन गर्ने एकदिवसीय अभ्यास वर्ग विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदिमा रहेको सोलुखुम्बु जिल्लाको सोलुखुम्बु बहुमुखी क्याम्पसबाट सुरू भएको हो । विद्यार्थी परिषद् सगरमाथा प्रदेशले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगर इकाईको एक दिवसीय अभ्यास वर्ग संचालन गरी नगर अध्यक्ष कान्छि फुटी शेर्पा र नगर सचिव पार्वता राईको नेतृत्वमा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेको विद्यार्थी परिषद् सगरमाथा प्रदेश सचिव विबस कटवालजिले जानकारी दिनु भएको छ ।

विद्यार्थी परिषद्ले समाजका युवाहरूलाई सकारात्मक सन्देश दिने उदेश्यले सगरमाथको काखबाट सुरू गरेको अभ्यास वर्ग ऐतिहासिक र अत्यन्तै महत्त्वपूर्ण रहेको र यसले देशका सम्पुर्ण कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने युवा विद्यार्थीहरूलाई परिषदमा जोडने शुभ संकेत दिएको र यश बर्षको अभ्यास वर्ग सबै जिल्लामा संचालन गर्न संगठनलाई थप उर्जा मिलेको परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले वताउनु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् विगत २७ बर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा एक स्वतन्त्र विद्यार्थी संगठनको रूपमा रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.