लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा कृषिलाई प्राथमिकता

जेठ २५, बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

१०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइने छ। नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ। यसअघि प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो।

आगामी असार १ गते सार्वजनिक हुने बजेटका लागि प्रदेश सरकारले प्रि– बजेट छलफल कार्यक्रम पनि चलाइरहेको छ। अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल गराइरहेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.