चुरोट पिउन नहुने ४० कारण

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ।

२. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो।

३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ।

४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ।

५. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ। छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ।

६. चुरोट सेवनले शरीरमा भएको भिटामिन ‘सी’ ३० प्रतिशतले घटाउँछ।

७. चुरोट सेवनले आन्द्रामा हानि गर्छ।

८. निकोटिनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ।

९. चुरोट सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर हुन्छ।

१०. चुरोट सेवन गर्नेहरूलाई डिमेन्सिया हुने सम्भावना दोब्बर हुन्छ।

११. चुरोट सेवनले मोतिबिन्दु हुन सक्छ।

१२. सुर्तीमा ६ हजारजति केमिकल हुन्छन्, जसमा साइनाइड, बुटेन र कार्वनमोनोअक्साइड जस्ता हानिकारक केमिकल नि हुन्छन्।

१३. चुरोट सेवनले स्ट्रोक हुने सम्भावना ६ गुणा बढी हुन्छ।

१४. गर्भावस्थाका बेला चुरोट सेवनले बर्सेनी पाँच हजार भ्रुणको मृत्यु हुन्छ। कम तौल र वौद्धिक विकस नभएका बच्चाहरूको पनि जन्म हुन्छ।

१५. चुरोट सेवन गर्ने महिलामा महिनावारी छिटो रोकिने सम्भावना हुन्छ।

१६. शरीरको सबै भागमा चुरोटले असर गर्छ, जसमा मुटु र भास्कुलर सिस्टम पनि पर्छ।

१७. चुरोटले शरीरको रोगसँग लड्ने क्षमता पनि घटाउँछ।

१८. चुरोटले मधुमेहको सम्भावना बढाउँछ।

१९. चुरोट सेवनले व्यायम गर्ने क्षमतामा ह्रास ल्याउँछ।

२०ं. चुरोट सेवनले निमोनिया हुने सम्भावना बढाउँछ।

२१. चुरोट सेवन गर्ने ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुन्छ।

२२. चुरोट सेवनले महिलामा बाँझोपनको समस्या दोब्बर हुन्छ।

२३. चुरोट सेवनले हड्डी कमजोर बनाउँछ।

२४. चुरोट सेवनले आर्थिक भार थप्छ।

२५. हेरोइन र रक्सीभन्दा पनि निकोटिनको लत कडा हुन्छ।

२६. चुरोट सेवनले बढी तनाब र ‘डिप्रेसन’ हुने सम्भावना बढाउँछ।

२७. शरीरमा भएको एन्टिअक्सिडेन्ट पनि चुरोट सेवनले घटाँउछ।

२८. चुरोट सेवनले उच्च रक्तचाप हुन्छ। जसले गर्दा स्ट्रोक र हृदयघातको सम्भावना बढी हुन्छ।

२९. चुरोट छोड्नाले दुईदेखि चार वर्षभित्र स्ट्रोक र हृदयघातको सम्भावना न्यून हुन्छ।

३०. चुरोटले लिङ्गको नशा कडा हुन्छ, उत्तेजना पनि कम हुन्छ।

३१. चुरोट सेवनले श्रवण श्क्तिमा असर गर्छ।

३२. चुरोट सेवनले मुख गन्हाउने र गिजाको रोग लाग्छ। दाँत नि छिटो झर्न सक्छ।

३३. बच्चालाई हुने क्यान्सरमा १५ प्रतिशत आमाले सेवन गरेको चुरोट नै मुख्य कारण हो।

३४. चुरोट सेवनले कोरोनरी मुटु रोग हुन्छ।

३५. चुरोट छोडेको १० वा १५ वर्षभित्र यसका कारण मृत्यु हुने सम्भावना पूरै घटेर जान्छ।

३६. चुरोट सेवनले थकान र टाउको दुखाइ बढ्छ।

३७. चुरोट सेवनले नै ८० प्रतिशत जति स्वासप्रस्वासको रोग हुन्छ।

३८. चुरोट सेवनले तपाईंको सुँघ्न सक्ने र चाख्ने शक्ति पनि ह्रास भएर जान्छ।

३९. चुरोट सेवनले मानिसको सातदेखि आठ वर्षजति आयु घटाउँछ।

४०. बेलायतमा मात्र बर्सेनी एक लाख १४ हजार मनिसको मृत्यु चुरोट सेवनका कारण हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.