जेठ २४, काठमाडौं । काठमाडौंको कपनस्थित धोबीखोलामा आज बिहान एउटा शव फेला परेको छ । पानीमा डुबेको अवस्थामा फेला परेको पुरुष शव निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएको वा अरू कारणले मृत्यु भएको भन्ने केही खुलेको छैन । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।