महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

जेठ २०, काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ ।

मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४÷१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी सृष्टि जैशीले ३ तथा अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२, सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ बनाए ।

कतारकी साची ढड्वाल र अलिना खानले ११ विकेट लिए । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–ट्वान्टी महिला विश्वकप खेल्न पाउनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.