गौसेवाको लागि काठमाडौंमा भव्य कथावाचन हुँदै

भदौ ३, काठमाडौं। नेपाल मारवाडी ब्राम्हण सेवा संघको आयोजनामा भव्य भागवत कथा वाचन भईरहेको छ ।

नेपालमा गौसेवा कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउन श्रावण ३१ गतेबाट शुरु भएको कथावाचन भदौ ८ गतेसम्म हुने भएको छ । संगीतमय भागवत कथावाचन प्रसिद्ध कथावाचक व्याशाचार्य पं. मानवेन्द्र जी महाराजको मुखारविन्दबाट काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा भईरहेको छ ।

नेपालमा असहाय तथा वृद्ध गाईहरु संरक्षण र पालनपोषणका लागि भागवत वाचन कार्यक्रम आयोजना गरिएको नेपाल मारवाडी ब्राम्हण सेवा संघका अध्यक्ष राजेश शर्माले बताउनु भयो । गौसेवा नेपालका अध्यक्ष नवरत्न दधिचीले— हिन्दु धर्म अनुसार गाईको आध्यात्मिक र साँस्कृतिक महत्व धेरै भएकोले गाईको संरक्षणका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि भागवत कथावाचन गरिएकोले दान गरेर र कथा श्रवण गरी पुण्य कमाउन समस्त भक्तजनहरुलाई आग्रह गुर्नहुन्छ ।


गौसेवा नेपालले काठमाडौंको सुन्ताखानमा गौसेवा आश्रम स्थापना गरी करिब ४० वटा गाई संरक्षण गरिरहेको छ । गौसेवाको लागि नेपाल मारवाडी ब्राम्हण सेवा संघ र गौसेवा नेपालमा विगत देखिनै विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष राजेश शर्माले जानकारी दिनुभयो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.