आईओसीको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य २०२ रुपैयाँ

निगमलाई मासिक ६ अर्ब १५ करोड घाटा

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । बुधबार आईओसीले पठाएको नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा तीन अर्ब ७ करोड पचास लाख र मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्याँसमा प्रति सिलिन्डर ७५१.१४ रुपैयाँ घाटा हुने जनाइएको छ ।

अहिले नेपालमा पेट्रोल प्रतिलिटर १८०, डिजेल प्रतिलिटर १६३ र एलपी ग्याँस १८०० रुपैयाँमा बिक्री भइरहेको छ ।  आईओसीले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोल खरिद गर्न प्रतिलिटर २०२.९३ रुपैयाँ, डिजेल १८२.७३ रुपैयाँ र एलपी ग्याँस २५५१.१५ रुपैयाँ पर्छ । निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ ।  मट्टीतेलमा प्रतिलिटर १५.०८ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७.३६ रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर ६४.५७ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.