जेठ १५, काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएयो छ । ६ विदेशी र १३ जना नेपालीसहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएको छ ।
आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको हुनसक्ने जानकारी प्राप्त भएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रथियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।
आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।
तारा एयर स्रोतले दिएको जानकारीअनुसार जहाजमा थिए यी १९ यात्रु
युवे विल्नर
रितिका त्रिपाठी
धनुष त्रिपाठी
अकोश कुमार त्रिपाठी
तुलसा देवी तामाङ
सुकुमाया तामाङ
राममाया तामाङ
मकरबहादुर तामाङ
प्रकाश सुनुवार
रोजिना श्रेष्ठ
रश्मी श्रेष्ठ
रविना श्रेष्ठ
गणेशनारायण श्रेष्ठ
बसन्त लामा
माइक ग्रीट ग्य्राफ
राजन कुमार गोले
पुरुषोत्तम गोले
इन्द्रबहादुर गोले
वैभवी बान्डेकर
चालक दल
क्याप्टेन : प्रभाकर घिमिरे
उत्सव पोखरेल
किस्मी थापा


