सलमान नेपाल नआउने भएपछि महावीर पुनको व्यंग्य– युरोपबाट म आउँदैछु

जेठ १२, काठमाडौं । यही शनिबार अर्थात् जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रम स्थगित भएको छ ।

सलमानसहित करिब एक दजर्न कलाकारहरू ‘दबंग टुर रिलोडेड’का लागि नेपाल आउने तय भएको थियो । तर अन्तिम समयमा प्राविधिक समस्या देखाएर कार्यक्रम केही हप्ताका लागि सरेको भन्दै आयोजकले मंगलबार विज्ञप्ति जारी गरेको थियो । यतिबेला सामाजिक सञ्जालहरूमा यस विषयलाई लिएर विभिन्ट टिकाटिप्पणीहरू भइरहेका छन् ।

यसैक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले पनि व्यांग्यात्मक स्टाटस लेखेका छन् । उनले लेखेका छन्, “नेपालमा सलमान खान नआउने भएछन् । त्यसैले युरोपबाट महावीर पुन खान आउने तयारी गर्दै छु । शुभेच्छुकहरूलाई न्यास्रो पार्नुभएन नि हाउ ।”

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.