श्रीमतीको हत्या आरोपमा पक्राउ

भदौ २, लहान। श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो ।

यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको रु २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रनाउ रिमालका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेका छन् ।

सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.