बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्री पौडेलको आग्रह

जेठ ९, लण्डन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताउनुभएको छ ।

शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताउनुभएको हो । मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताउनुभयो ।

‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकहरुलाई हार्दिक आग्रह गर्दछु’ मन्त्री पौडेलले भन्नुभयो, ‘शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्तत गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।’ मन्त्री पौडेलले नेपालीहरुले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मनु भएको उल्लेख गर्नुभयो । ‘गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएका छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’ उहाँले हजारौं हजार वर्षसम्म गौतम बुद्धका उपदेशरु जीवित रहने बताउनुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.