धरानमा स्वतन्त्र उमेदवार हर्कराज राई निर्वाचित

जेठ ८, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । स्वतन्त्र उमेदवार हर्कराज राई २० हजार ८२१ मतसहित निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मत अन्तरले पराजित गरे । कांग्रेसका राईले १६ हजार ५९ मत पाए । उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.