संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन

भदौ २, काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।

सामान्य बिरामकै क्रममा उहाँको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नानको निधन भएको जनाएको छ । उहाँ संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुनुहुन्छ । । उहाँले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व गर्नुभएको थियो।

उहाँले सिरियाको शान्ति स्थापनाका लागि राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गर्नुभएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.