मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी

जेठ ५, काठमाडौँ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा रामेछापको मन्थली नगरपालिका प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका लव श्रेष्ठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत मन्थली नगरपालिका श्रेष्‍ठ ९ हजार ७ सय १८ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विनोदकुमार कार्कीलाई ५ सय ९६ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोदकुमार कार्कीले ९ हजार १ सय २२ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकै ईश्वरी बस्नेत विजयी भएकी छन् । बस्नेत ९ हजार १ सय ६१ मतका साथ विजयी भएकी हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट नगरपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी यशोदा श्रेष्ठलाई १ सय ७ मतान्तरले पराजित गरेकी हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.