नेपाल–भारत द्विपक्षीय वार्ताको क्रममा नेपालका प्रधानमन्त्री देउवाद्वारा उठाइएका मुद्दाहरू

जेष्ठ ३ काठमाडौँ । नेपाल–भारत द्विपक्षीय वार्ताको क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाझ उठाइएका मुद्दाहरू यस प्रकार छन् ।

१. पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग, भारत सरकार मातहको नेशन हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेशन (एनएचपिसी) लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेती निर्माणमा सहकार्यका लागि आह्वान

२. महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह

३. दीर्घकालीलनरूपमा विद्युत् व्यापार समझौताको दायरा बढाउन आग्रह

४. पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्री सहमत

५. जलविद्युत् उत्पादन क्षेत्रमा लगानी बढाउन आग्रह ६।बौद्ध र रामायण परिपथ सहितका संस्कृति, पयर्टन क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति

७. शिक्षा र शैक्षिक सहयोग बढाउन आग्रह

८. भारतीय मुद्रा बढी बोक्न पाउनुपर्ने प्रावधान लाई तत्काल लागू गराउन आग्रह

९. पारस्परिक हितका मामलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने सहमति

१०. दुवै देशबीच सुक्खा बन्दरगाह निर्माण, चाँदनी, दोधारामा एकीकृत जाँच चौकी बनाउने सहमति

११. भारतको उत्तराखण्डको पूर्णगिरिमाई र डडेलधुराको पशुरामधाम जोड्ने पूल निर्माणबारे आग्रह

१२. अरुण चौथो परियोजना निर्माणका लागि नेपाल बिद्युत् प्राधिकरण र सतलज कम्पनीबीच भएको सम्झौताको स्वागत

१३. कृषि मल चाँडै उपलब्ध गराइदिन आग्रह

१४. नेपाल र भारतबीच परिमार्जित पारवहन सन्धि र त्यसका प्राटोकल चाँडै टुङ्ग्याउनेबारे सहमति

१५. ब्यापार सन्धिको नवीकरण गर्न दुबै पक्षबीच ड्राफ्ट एक्सचेंज गर्ने सहमति

१६. महाकाली नदीमाथि झुलाघाटमा पुल बनाउने बिषयमा छलफल १७। उदयपुरस्थित मोतीगाडा—फत्तेपुर—रामपुर सडक खण्ड निर्माण गरिदिन आग्रह

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.