चौथो नेपाल हाइयर शैक्षिक मेला २०१८ सम्पन्न

भदौ २, काठमाडौं । दुई दिने चौथो नेपाल हाइयर शैक्षिक मेला २०१८ सम्पन्न भएको छ । उच्चस्तरिय र गुणस्तर युक्त शिक्षा प्रदान गर्ने लक्ष्यका साथ् दरबारमार्गस्थित होटल अन्नपुर्णमा हिजोदेखि मेला संचालन भएको थियो ।

मेलामा आएका विद्यार्थीहरुको सँख्या पहिलो दिन भन्दा दोस्रो दिनमा धेरै बढेको थियो । यस मेलामा उपस्थित भएका कलेजहरुले सोचेको भन्दा धेरै विद्यार्थीहरुको उपस्थित भएको बताएका छन् ।  पहिलो दिनमा भ्रमण गर्न आएका विद्यर्थीको संख्या १८ सयमा सिमित थियो भने दोस्रो दिन विद्यार्थीहरुको संख्या बढेर २५ सय भन्दा बढी रहेको आयोजकले बताएको छ ।  यो दुई दिने मेलामा विद्यार्थीहरुलाई लक्षित गरेर आयोजकले विभिन्न बम्पर उपहारहरु प्रदान गरेको थियो । उपस्थिति भएका विद्यनर्थीहरुलाई उपहार स्वरुप आयोजले काठमाडौं फन भ्यालीको भिआईपी टिकट, विएसआर मुभी टिकट, मोवाइल लक्कि ड्र र ल्यापटप जस्ता उपहार हरु प्रदान गरेको थियो ।  यो बाहेक आयोजकले बम्पर उपहारका रुपमा स्कुटी पनि राखेको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.