काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि

जेठ २, काठमाडौँ । काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले) का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५९२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५७३ मत ल्याउनुभएको जानकारी दिनुभयो। यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ७७, मादलमा आठ, चक्का पाङ्ग्रोमा छ, कुखुराको भालेमा तीन, सुगामा तीन, आँपमा एक, गुलाफको फूलमा एक, खानेपानीको धारामा १७, कैचीमा एक, लाल्टिनमा एक, क्यापमा २८, अर्नामा एक, तिल्हरीमा एक मत प्राप्त भएको छ।

सोमबार साँझ ५ः४५ बजेसम्म १७ हजार ८०८ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो। महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ सय ५५ मत प्राप्त गर्नुभएको छ। एमालेका सुनिता डंगोलले ६५ सय ५७ मत ल्याउनुभएको छ।

उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा २९३, हलोमा १३ सय ७८ पुतलीमा एक, खरायोमा दुई, भुँइकटरमा एक, आँपमा दुई, लौरोमा ७२५, खाने पानीको धारमा एक, कैचीमा एक, मुढामा चार, जेब्रामा तीन, क्यापमा ४३ र आँखीझ्यालमा ४३ मत प्राप्त भएको खतिवडाले बताउनुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहान साढे ९ बजेदेखि मतगणना जारी रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.