काठमाडौं-३२ को मतगणना स्थगित

जेठ २, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ ।

सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाको ताजा मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नै अग्रता कायम गरेका छन् । शाहले ६४८६ मत पाएर अग्रता बनाउँदै गर्दा एमालेका केशव स्थापिले ३४१३ मत प्राप्त गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.