काभ्रेको रोशी १ मा एमाले विजयी

जेठ १, काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर – १ मा नेकपा एमाले विजयी भएको छ । एमालेको पुरै प्यानाल निर्वाचित भएको हो ।
नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदको उम्मेद्वार श्रीदास लामा विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका उम्मेद्वार मंगल लामालाई पछि पार्दै १३४ को मतान्तरले विजय हासिल गरेका हुन् ।

निर्वाचित वडा अध्यक्ष श्रीदास लामाले ६६३ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्ती नेपाली काँग्रेसका मंगल लामाले ५२९ मत प्राप्त गरेका छन् । रोशी गाउँपालिका –१ मा जम्मा १४१३ जनाले मतदान गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.