जेठ १, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसको पूरै प्यानल निर्वाचित भएको हो ।
कांग्रेसका तर्फबाट वडाध्यक्षका उमेदवार राजकुमार मल्ल विजयी भएका हुन् । उनले ५०३ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका राप्रपाका उमदेवार राजेन्द्र तामाङले ३७४ मत ल्याएका छन् । नेकपा (एमाले) का उमेदवार नारायण शाहीले २९९ मत पाएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदानको आज बिहान परिणाम सार्वजनिक भएको हो । अरू वडाको मतगणना जारी छ ।

