विद्यालयको हिउँदे र बर्खे बिदा कटौती, शुक्रबार पूरै पढाइ हुने

काठमाडौं । सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै वर्षभरीमा अधिकतम ३० दिनमात्रै बिदा दिनेगरी व्यवस्था गर्न सबै स्थनीय तह तथा विद्यालयलाई निर्देशन दिएको छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले हिउँदे तथा बर्खे बिदालाई कटौती गरी क्रेडिट आवर पुर्याउन मन्त्रालयले निर्देशन दिएको हो । त्यस्तै शुक्रबार पनि ४ बजेसम्म अध्यापन गराउन र सोहीअनुसारको क्यालेन्डर तयार गर्न मन्त्रालयको निर्देशन छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.