सार्कका महासचिवद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई बधाई

भदौ २, काठमाडौं। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा इमरान अहमद खान नियाजी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री खानलाई महासचिव सियालले आज पठाउनुभएको बधाई सन्देशमा उहाँको उच्च पदमा भएको नियुक्तिले पाकिस्तानी जनताको निष्ठा र विश्वास प्रतिविम्बित गरेको बताउनुभएको छ । सार्कको स्थापनादेखि नै दक्षिण एशियामा क्षेत्रीय सहयोग सुदृढ तुल्याउन पाकिस्तानले उल्लेखनीय योगदान गरेको बताउँदै सन्देशमा उहाँले सार्क मुलुकका जनताको कल्याणका लागि काम गर्नु सङ्गठनको मूल उद्देश्यमा पाकिस्तानले प्रशंसनीय योगदान गरेको उल्लेख गर्नुभएकोे छ ।

सार्कको १९ औँ शिखर सम्मेलन यथाशीघ्र इस्लामावादमा आयोजना गर्न उपयक्त वातावरण बन्नेमा आफू विश्वस्त रहेको महासचिव सियालले बताउनुभएको छ । (रासस)

Satkar Media House
Leave A Reply

Your email address will not be published.